नेपाली भूमी प्रयोग गरी भारतले चिनको कैलाश मानसरोबर पुग्ने सडक बनायो

0

भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे। उनले भिडियो कन्फरेन्समार्फत पिठौडागढबाट कुन्जी जाने सवारीसाधन सञ्चालनको औपचारिक सुरुआत्समेत गरेका छन्।  उ

भारतले नेपाली भूमि लिपुलेक समावेश गरेर नक्सा सार्वजनिक गरेपछि सुरु भएको नेपाल–भारत सीमा विवाद समाधान नहुँदै भारतले नेपाली भूमि हुँदै सडक सञ्जाल विस्तार गरेको हो। गत वर्ष भारतले नेपाली भूभाग आफ्नो नक्सामा समेटेपछि नेपाल सरकारले त्यसको विरोध गर्दै कूटनीतिक नोट बुझाएको थियो।  भारतले एकतर्फी रुपमा नेपाली भूभागमा सडक विस्तार गर्नुलाई सीमाविद् नेपालको सार्वभौमिकता, सम्प्रभुता र स्वतन्त्रतामाथिको हस्तक्षेप भन्छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेपाली भूभागमा भारतले एकपक्षीय रुपमा सडक विस्तार गर्नु नेपालको सार्वभौमिकतामाथिको आघात भएको बताउँछन्। उनी लिपुलेक नेपालको  भूभाग भएको र भारतले समेत विवादित भूभाग बताउँदै आएको अवस्थामा उक्त स्थानमा सडक विस्तार गर्नुलाई भारतको हेवाहा प्रवृत्ति भन्छन्। उनी नेपाली निर्बल र बोल्न नसक्ने भएका कारण भारतले नेपाली भूभागमा सडक विस्तार गरेको बताउँछन्।  नागरिक दैनिकमा समाचार छ । 

Leave a Reply