कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन एक भुपु गोर्खाले आफ्नो पेन्सनको आम्दानीबाट मालिका गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।

मालिका गापा–४ ओखरबोट स्थायी घरभई हाल काठमाण्डौमा बस्ने समाजसेवी विनोद थकालीले करिब ६० हजार बराबरको पाँच–पाँच पिपिई र थर्मल गन प्रभु बैंक दरबाङ शाखाका प्रबन्धक विपिन चोखालले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु र प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्मालाई हस्तान्तरण गरेका छन् ।लकडाउनको समयका जोखिम मोलेर सेवामा सक्रिय भएका स्वास्थ्यकर्मीको सम्मानमा उक्त सहयोग गरेको प्रभु समुह अन्तर्गत प्रभु मार्केटिङ प्रमुख समेत रहेका थकालीले गाउँपालिकामा विभिन्न क्षेत्रमा सहयोग समेत गरेका छन् ।

उनले आफ्नो जन्मभूमि ओखरबोटमा रहेको विद्यालय, समुदायमा आधारित कार्यक्रमहरुमा समेत निरन्तर सहयोग गर्ने गरेका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले धन्यवाद ज्ञापन गदैं भविस्यमा पनि निरन्तर सहकार्यको अपेक्षा गरेका बताए ।

विज्ञापन