सगरमाथामा आफ्नो दावी ठोक्न थाल्यो चीन

0
उत्तरको छिमेकी चीनले सगरमाथामा आफ्नो दावी गर्दै फेरि एकपटक विवाद निकालेको छ। स्वामित्वको विषयलाई लिएर चीनले गरेको दावाले विवाद उठ्न सक्ने देखिएको हो। एकपछि अर्को चिनियाँ सरकारी संचार माध्यमहरु सगरमाथालाई आफ्नो भएको दावी गर्न थालेपछि चीनको भूमिकालाई लिएर नेपालमा शंकासँगै आक्रोस देखिन थालेको छ।

चीनको सरकारी संचार माध्यम पिपल्स डेलीले केहि हप्ता अघी गरेको सगरमाथा सम्वन्धी दावालाई अर्को चिनायाँ सरकारी संचार माध्यम सीजीटीएनले दोहोर्‍याएको छ। पिपुल्स डेलीले भन्दा अझ प्रष्ट रुपमा सीजीटीएनले सगरमाथालाई आफ्नो भनेको हो।

केहि हप्ता अघी पिपल्स डेलीले सगरमाथालाई चीनको भनी एक समाचार सामग्री टवीट गरेको थियो। सगरमाथाको उत्तरी मोहोडातर्फ फाइभ जी टावर राख्दै गरेको तस्विर र भिडियो सहित ट्वीट गरेको पिपल्स डेलीले सगरमाथालाई चीनको स्वशासित क्षेत्र तिव्वतको रहेको भनि उल्लेख गरेको थियो।

सीजीटीएनले भने अझ प्रष्ट रुपमा संसारकै अग्लो चुचुरोलाई चीनको स्वशासित क्षेत्रमा पर्ने उल्लेख गरेको छ। उसले भनेको छ, ‘चीनको स्वशासित क्षेत्र तिव्वतमा पर्ने संसारकै अग्लो चुचुरो झ्यामोलुङमा अर्थात माउण्ट एभरेष्टको आकाशमा देखिएको सुन्दर दृश्य।‘ सगरमाथालाई तिव्वती भाषामा झ्यामोलुङमा भनिन्छ।

सगरमाथाको आकाशमा देखिएको घामको सुन्दर वर्णन गरेपनि त्यस वर्णनमा सगरमाथाको बारेमा गरिएको प्रसङगमा चीनले सगरमाथालाई आफ्नो स्वशासित क्षेत्र तिब्बतमा रहेको बताएको हो।  तत्कालिन प्रधानमन्त्री विपी कोइरालाकै पालामा चीनसँगको सीमा विवाद सुल्झाएर सगरमाथा नेपालतर्फ रहेकोमा सहमति भइसकेको हो ।

सो सहमतिमा सगरमाथाको पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालको हुने र उत्तरी मोहोडालाई नेपाल चीनको सीमाको रुपमा मानिएको थियो। तर अहिले चीनले पुरै सगरमाथालाई आफ्नो मान्न थालेको उसको गतिविधीले देखाएको छन्। चीनले यसअघी  सगरमाथाको विवाद सुल्झिएसँगै संसारकै अग्लो हिमाल नेपालमा रहेको आधिकारीक रुपमा स्विकार्दै आएको थियो।

तर चीनको सरकारी संचार माध्यमहरु एक पछि अर्को सगरमाथालाई चीनको स्वसासित क्षेत्र तिव्वतको भएको दावी गरेर सगरमाथाको विषयलाई फेरि विवादमा तान्न उद्यत देखिएका छन्।

सगरमाथामा फाइभ जी स्टेशन र टावर
संसारभर माउण्ट एभरेष्ट भनेर चिनिने संसारकै अग्लो ८,८४८ मिटर अग्लो सगरमाथामा चीनले फाइभ जीको वेस स्टेशनहरु बनाइरहेको छ। पिपल्स डेलीका अनुसार फाइभ जी वेस स्टेशनहरु सगरमाथाको उत्तरी मोहोडाको ५३ सय मिटरको वेस क्याम्पमा रहने छन्। त्यसैगरि ५८ सय मिटर र ६५ सय मिटरमा समेत टावर सहितका फाइभ जी बेस स्टेशन रहने छन्।

सगरमाथामा पनि फाइभ जी स्टेशन राख्ने कार्यको वातावरणवादीहरुले विरोध गरेका छन्। सेटलाइट कनेक्सनबाट सम्पर्क हुने ठाउँमा फाइभ जीको स्टेशन र टावर बनाएर वातावरण विनाशमा लागेको चीनमाथि आरोप पनि लागेको छ। अब सगरमाथामा पनि इलेक्ट्रोम्याग्नेटीक रेडियसन पुग्ने चिन्ता समेत कतिपयले व्यक्त गरेका छन्। source: hamrokura

Leave a Reply