कतार एयरवेजले नेपाल लगायतका विभिन्न देशमा उडान गर्दै !

0

तिलु शर्मा। विश्वभर फैलिएको कोरोनाको कारण नेपाल लगायत विश्वका विभिन्न देशहरुमा हवाईयात्रा ठप्प रहेको छ । नेपाल सरकारले आगामी जेठ १८ सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ ।

नेपाल संगै विश्वका विभिन्न देशमा उडान गर्दै आएको कतार एयरवेजले भने यात्रुहरुको चाप र मागका कारण मे महिनाको अन्त्यबाट ५० र जुन महिनाको अन्त्यमा थप ३० गरी विश्वका ८० देशमा उडान शुरु गर्ने एक वक्तव्य मार्फत जनाएको छ । एयरवेजका अनुसार जुन महिनाको अन्त्यमा यूरोपको २३ अमेरिकाको ४, मध्यपुर्व र अफ्रिकाको २० र एसियाको ३३ देशमा हवाई उडान सुचारु गर्नेछ ।

कतार एयरवेजको यो निर्णय संगै कतारमा रहेका नेपालीहरुमा खुसि थपिएको छ ।एयरवेजको यो निर्णयलाई नेपाल सरकारले कसरी लिन्छ त्यो भने हेर्न बाकी रहेको छ । कतारले अहिले पनी बिश्वका ३० भन्दा बढी देशहरुमा उडान यथावत राखेको छ ।

Leave a Reply