सोमबारदेखि म्याग्दीका बैंक तथा वित्तिय संस्था नियमित खुल्ने

0

जारी लकडाउनका कारण सिमित दिन खुल्ने गरेका म्याग्दीका बैंक तथा वित्तिय संस्था सोमबारदेखि नियमित खुल्ने भएका छन् । हरेक वित्तिय संस्थाले एक तिहाई कर्मचारी खटाई विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिन सक्ने जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रजिअ मायाँ कुवँरद्धारा जारी सूचनामा उल्लेख छ ।  ‘आवश्यक सतर्कता अपनाउनुपर्छ,‘भिडभाडको गुनासो आएमा आवश्यक कारवाही गरिने छ’ सहायक प्रजिअ कुँवरले भन्नुभयो । हरेक दिनको सेवा लिएका सेवाग्राहीको विवरण ४ बजेभित्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने, सावुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग सेवाग्राहीलाई समेत गराउनुपर्ने जनाइएको छ ।

लकडाउनमा अनुमित लिएर साप्ताहिक रुपमा बैंकले २ दिन र सहकारीले १ दिन खोल्ने गरेकोमा भिडभाड हुन थालेपछि सामाजिक दुरी कायम गर्न समस्या भएको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार विस्तारै चहलहपहल सुरु हुन थालेको छ । यो निर्णसँगै एउटै वित्तिय संस्थामा अनावश्यक भिडभाड कम हुने अपेक्षा गरिएको छ। जिल्लाको सदरमुकाम बेनीसँगै हरेक स्थानीय तहमा रहेका वित्तिय संस्थाहरु बन्द हुदाँ सेवाग्राही समस्यामा परेका थिए।

Leave a Reply