म्याग्दी उवासंघको अपिल ‘भाडा मिनाह र छुट दिई मानवीय उदारता देखाउनुहोस्’

0

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले घर तथा सटर भाडा लिई ब्यवसाय गदै आइरहेकालाई मासिक भाडा मिनाह वा छुट दिन अनुरोध गरेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागी सरकारले गरेको लकडाउनमा सदरमुकाम बेनीबजार सहित जिल्लाभरका ब्यवसायी मर्कामा परेको अवस्थालाई मध्यनजर गरी घरधनी र ब्यवसायी बीच समझदारी गरी मानवीय सहकार्यको नमुना प्रस्तुत गर्न संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले अपिल गर्नुभएको छ। ‘सहकार्यबाटै अव पनि ब्यवसायमा फर्किनुपर्छ,‘लकडाउनले आयात रोकिदाँ ब्यापारी संकटमा परेका छन्’ अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

म्याग्देलीले हरेक समयमा उदारता देखाउने गरेको बताउँदै लकडाउनको समयलाई मध्यनजर गरी मिनाह र छुटको बारेमा संघको कार्यालयमा समेत जानकारी गराइदिन समेत अनुरोध गरिएको छ।

अध्यक्ष कर्माचार्य र महासचिव लिलाराम गौतमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । म्याग्दीमा चैत्र महिनाका केही घरधनीले मासिक भाडा नै मिनाह गरेका छन् । आंसिक लकडाउन खुलेपनि बजारका ब्यवासयी हतोत्साही बनिरहेका छन् । लामो लकडाउनको समयमा एकले अर्कालाई साथ दिने अभियानमा उद्योग बाणिज्य संघको पहलबाट भाडावाला ब्यवसायी उत्साहित भएका छन् ।

Leave a Reply