म्याद सकिएका अखाद्य वस्तु नष्ट

0

म्याग्दीको सदरमुकाम बेनीबजारमा सोमबार गरिएको बजार अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीको संयोजत्वमा भएको अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरिएको हो । लकडाउनको समयमा खुलेका पसलहरूमा गरिएको अनुगमनको त्र,ममा म्याद सकिएर पनि बिक्रीका लागि राखिएको खाद्यान्न, चिसो पेय पदार्थ जफत गरी नष्ट गरिएको सहायक प्रजिअ सुबेदीले बताउनुभयो । ‘बेनीबजारभित्रका सबै पसलहरूमा अनुगमन हुन्छ,‘म्याद गुज्रिएका सामानलाई छुटै नष्ट गर्ने ठाउँमा राख्न निर्देशन दिएका छौ’ प्रजिअ सुबेदीले भन्नुभयो । बिरेन्द्रचोकदेखि क्याम्पसचोकसम्म गरिएको अनुगमनको क्रममाम्याद सकिएर पनि बिक्रीका लागि राखिएको चिसो पेय पदार्थ, लेबल नभएका विस्कुट, खाने घिउ, मसला, चक्लेट लगायतका जंङफुटका साथै पेयपर्दाथ समेत फेला जफत गरी नष्ट गरिएको र पसलका संचालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको सहायक प्रजिअ सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो।

‘अबका हरेक अनुगमनमा जफत गरिन्छ,‘विगतमा अनुगमनमा दिइएको सुझाव कार्यान्वयन नहुदाँ बाहिरी जिल्लामा समेत गलत सन्देश गएको छ’ अनुगमन समितिका संयोजक समेत रहनुभएका सुबेदीले भन्नुभयो । बजार अनगुमनको क्रममा दर्ता अनुसार पसल सञ्चालन नगरेको दुई ब्यवसायीलाई तत्काल ब्यवसाय दर्ता गर्न निर्देशन दिएर बन्द समेत गरिएको छ । अनुगमनको क्रममा र्फमहरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको टोलीले जनाएको छ । सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा छड्के अनुगमनको कार्ययोजना समेत बनाइएको जिल्ला बजार अनुगमन समितिले जनाएको छ। अनुगमनमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिका साथै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको समेत उपस्थिती रहेको थियो । केही दिन अगाडी गण्डकी प्रदेश उपभोक्ता मञ्चले गरेको अनुगमनमा बेनीबजारलाई अब्यवस्थित र भद्रगोल भनिएको ब्यापारीले असन्तुष्ट जनाएका छन् ।

Leave a Reply