नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

0

नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्।  थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।  उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्। थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply