थप २६ जनामा देखियो कोरोना संक्रमण, संक्रमित २१७ पुगे

0

मंगलबार फेरि थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ।

आज मात्रै पर्सामा ५७ जना नयाँ संकमित फेला परेका छन् । काठमाडौंमा एक जना भत्तपुरमा २ जना गरी उपत्यकामा थप ३ जनामा कोरोना देखिएको छ । त्यस्तै महोतरीमा दुई जना धनुषामा २ जना र सप्तरीमा एक जना नयाँ संक्रमित देखापरेका छन्

मंगलबार दिउँसो मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।  यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। नेपालमा कोरोना संक्रमितको संख्या सय पुग्न दुई महिनाभन्दा धेरै समय लागेको थियो। तर सय पुगेसँगै कोरोना संक्रमितहरु दैनिक दर्जनौंको संख्यामा भेटिन थालेका हुन्।

Leave a Reply