मोना कोरियाले म्याग्दीकी एक स्तन क्यान्सरबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको रघुगंगा गाउपालिका–३ रानीपौवाकी कृष्णा मल्लको उपचार तथा औषधीका लागि मोना कोरियाले १ लाख ७० हजार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो ।

मल्लको उपचारमा मोना कोरियाका अध्यक्ष सुनेश केसीको पहलमा संकलन गरिएको आर्थिक सहयोग बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी मायाँ कुँवर, यूवा ब्यवसायी दिनेश केसी, महिला अधिकारकर्मी जमुना आचार्य लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको विजय थापाले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पीडित मल्लले आफ्नो उपचारमा सहयोग गर्नेलाई धन्यवाद दिदैं सहयोेगले उपचारमा राहत मिलेको बताउनुभयो ।हाल चिवतनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएकी मल्लको उपचारमा विभिन्न माध्यमबाट अपिल समेत गरिएको थियो । मोना कोरियाले जिल्लामा विभिन्न क्षेत्रमा बर्षेनी सहयोग गर्ने गरेको छ। ‘

विज्ञापन