नारायणी अस्पतालबाट भागेका दुई संक्रमितमध्ये एकजना सम्पर्कमा आए

0

बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए।

भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए। पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताए।‘एकजना सम्पर्कमा आउनुभयो भन्ने खबर आएलगत्तै हामी त्यस ठाउँतर्फ गइरहेका छौं,’ उनले भनिन्।नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। setopati.com

Leave a Reply