विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लामो बन्दाबन्दीमा बेनी नगरपालिका–३, भकिम्ली डोलेका ६९ बर्षिय चन्द्र पुन गाउँको पखधारा बहुउद्देश्यीय खेल मैदानको प्याराफिट निर्माणमा ब्यस्त छन् । लकडाउनको समयमा गाउँको विकासमा कस्सिएका पुनका जोस यूवाहरूको भन्दा कम छैन् । खेल मैदानमा ६५ बर्षिया पातली नेपाली, ६२ बर्षिय अम्मर थापा, ६० बर्षिय भीम थापा मगर जस्ता उमेरले डाँडो काटेका बृृद्धबृद्धा दिनभरी ढुंगामाटोसँगै रमाउँदै प्याराफिट निर्माणमा जुटेका छन् । उमेरले सात दशक अर्थात ७० बर्ष नजिक पुगेका बृद्धबृद्धाले खेलकुद मैदानमा मर्मत तथा प्याराफिट निर्माणमा तन्नेरीसंगै प्रतिस्पर्धामा काम गरेको दृष्य र्हेन लायकको छ । ‘गाउँका विकास निर्माणका काम हुदाँ घरभित्रै बस्न सकिदैन्,‘उमेर बुढो भएपनि गाउँको विकासको तिर्खा कहिल्यै मेटिदैन’बृद्ध अम्मर थापाले बेनीअनलाइनलाई भने । उनले जिल्लाको सदरमुकाम नजिक भएपनि खेलकुद सहित अन्य विकास निर्माणमा पछाडी रहेको भकिम्लीमा बृद्धबृद्धाले समेत दिनभरी जनश्रमदान गर्ने गरेका छन्। सरकारले लकडाउन गरेपनि गाउँमा विकास निर्माणका गतिविधिलाई निरन्तरता दिइरहेको स्थानीय यूवा कृष्ण थापाले बताए । स्थानीय गणेश स्मृति क्लव डोलेको पहलमा सुरू भएको श्रमदान सहितको अभियानमा करिब ४५ जनाको सहभागिता रहेको क्लवका अध्यक्ष विष्णुप्रसाद थापाले बताए।‘समुदायको साथमा क्लवका गतिविधिलाई निरन्तर सञ्चालन गर्न सहज भएको छ,‘बुढापाकाको साथले यूवामा उर्जा थपिएको छ’ थापाले भने ।

उनका अनुसार क्लवका हरेक गतिविधिमा समुदायको साथ रहेको बताए । करिब १ सय ३० मिटर लम्बाईको प्याराफिट निर्माणमा समुदायको सक्रियताले विकासमा निरन्तर सक्रियताको नमुना प्रस्तुत गरेको वडा अध्यक्ष पदम पुनले बताए । ‘बृद्धबृद्धाले श्रमदान गर्नु रहर नभई बाध्यता बनेको छ,‘जनश्रमदानमा आफ्नो घरको काम समेत छोडेर आउनुहुन्छ’ पुनले भने ।खेलकुद मैदानमा बेनी नगरपालिका १० लाख विनियोजन गरेको छ भने स्थानीयले १५ प्रतिशत श्रमदान गरेका छन् । 

भकिम्लीका हरेक विकास निर्माणमास्थानीयको धेरै पसिना बगेको अध्यक्ष पुनको भनाई छ । घरघरबाटै बृद्धबृद्धा आएर काम गर्ने गरेकाले सरकारी बजेट बराबरको जनश्रमदान गाउँमा हुने गरेको छ । बृद्धबृद्धासंगै वडा अध्यक्ष पदम पुनले समेत मजदुरले जस्तै गरी विकास निर्माणमा जुट्ने गरेका छन् ।

विज्ञापन