थप २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३ पुग्यो

0

बुधबार फेरि थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। नेपालमा कोरोना संक्रमितको संख्या सय पुग्न दुई महिनाभन्दा धेरै समय लागेको थियो। तर सय पुगेसँगै कोरोना संक्रमितहरु दैनिक दर्जनौंको संख्यामा भेटिन थालेका हुन्।

Leave a Reply