अब जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज

0

जिल्लाभित्रका रुटमा सञ्चालन हुने गरी जारी गरेको पास समेत गृह मन्त्रालयले खारेज गरेको छ । जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनले समेत जोखिम बढाएको भन्दै जेठ ३ गते शनिबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयहरुबाट सम्बन्धीत जिल्ला भित्र आवतजावत गर्न दिइएका सवारी पास खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णयले जिल्लाभित्र समेत लकडाउनको कडाई हुने भएको छ । लकडाउनमा जिल्लाभित्र आवश्यक परेमा जिल्ला प्रशासनबाट पास दिन मिल्ने निर्णय गरेपनि दैनिकजसो कोरोना संक्रमित भेटिन थालेपछि ७७ वटै जिल्ला प्रशासनलाई थप पासहरु नदिन निर्देशन दिएको हो ।

मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु खारेज गरेको अवस्थामा आन्तरिक पास समेत बन्द गरेपछि लकडाउनमा थप कडाई हुने संकेत देखिएको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply