एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेठ महिनामा पनि ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत छुट र भुक्तान गरिएको ब्याजमा १० प्रतिशत छुट दिने योजना जेठ महिनामा पनि निरन्तरता दिने जनाएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो ।राष्ट्र बैंकले चैत मसान्तमा १० प्रतिशत ब्याज छुट दिन भनेकोमा एनआईसी एशिया बैंकले बैशाखमा पनि यस्तो छुट दिएको थियो भने जेठमा पनि छुटलाई निरन्तरता दिने भएको हो । Source: clickmandu.com