चितुवाको आक्रमणबाट दुई व्यक्ति घाईते

0

पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा चितुवाको आक्रमणबाट दुई व्यक्ति घाईते भएका छन् । बिहीबार साँझ खेतमा काम गरिरहेको अवस्थामा एक्कासी चितुवाले आक्रमण गर्दा जलजला ८ फर्सेका ५६ बर्षीय गोविन्द बहादुर केसी घाईते भएका हुन् ।

खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेपछि उनलाई बचाउन जाने क्रममा ३४ बर्षीय कृष्ण परियार समेत सामान्य घाईते भएका छन् । आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ । आक्रमण गरेपछि आफुले घाटी थिचेको कारण चितुवाको मृत्यु भएको केसीको भनाई छ । मृत्त चितुवालाई शव डिभिजन वन कार्यालय कालिगण्डकी फर्सेमा बुझाईएको छ ।सुबास आचार्य 

Leave a Reply