थप ९ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या २ सय ६७ पुग्यो

0

नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्।दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

Leave a Reply