अवतरणपछिको मनस्थिति

0

कहिल्लै सामान्य नागरिक जिवनमा फर्किनु नपर्ला जस्तो गरि आफ्नो सकृय जीवन नै प्रहरी जीवन हो भन्ठानेर अनवरत रुपमा राष्ट्रको सेवा गर्दा गर्दै सेवामा रहने बैधता समाप्त भैसकेछ, बांकी यही बुढ्यौली शरिर ।

प्रहरी बनेर राष्ट्र तथा जनताको सेवा गर्ने तीब्र ईच्छाले गर्दा सेवा प्रवेश गरेर आवश्यक तालिम पश्चात कार्यक्षेत्रमा खटिंदा  अन्य सेवाको तुलनामा फरक र चुनौतीपुर्ण जिम्मेवारीका कारण २४ सै घण्टा ड्युटीमा खटिंनु पर्दा शारिरीक थकावटका साथै मानसिक तनाव जोखिमको स्थितिमा गुजारिएको प्रहरी सेवाकाल अन्त भएको ३ दिन नपुग्दै पुर्णतया जिम्मेवारी बिहिन हुनुका साथै कोरोना भाईरसका कारण लकडाउन रहंदा यो मथिङ्गल हल्लीन थाल्यो, अन्तरमनको अन्तरसंघर्षले आंधिबेरी ल्याउदा सेवाभावको ईच्छालाई दमन गरेर राख्न सकिएन, सुख तथा खुसी प्राप्त होला त ?

ग्राउण्ड जिरोबाट गन्तव्य कता ? जव प्रहरी सेवा नै जीवन ठानेर अन्तहिन यात्रामा थिएं म ……………।सोच्दासोच्दै आफ्नो जहाज ल्याण्ड भैसकेको रहेछ, म त पुर्ण रुपमा ग्राउन्डेड भैसकेको रहेछु, अब निकम्मा यो शरिर स्टोर हुने, डिस्पोज हुने या सडकबाट पुरानो जिवनलाई नयां मोटरमा राखेर कुदाउने ?

सिनियर प्रहरी अधिकृतको सेवा निबृत्त जीवन प्रहरी संगठन तथा समाजका लागि सकृय सिनियर सिटिजन वा आफ्नै भरण पोषण व्यवस्थापनका लागी  निर्वाहमुखी मात्र हुन दिउं ?

होइन जीवनको शुन्य स्तर (सडक) बाट  पुन: संघर्ष गर्दै जाने निर्णय तर्फ अगाडी बढाउदै जाने सोंचमा छु , प्रबिधी, जेनेरेसन ग्याप अनि अन्डरस्ट्याण्डिङ ग्याप फुलफिल गर्दै समाजलाई नै जीवन संझेको छु अब । जन्म भुमीमा रहीरहन मेरा पुजनीय मातापिता लगायत अबिभावक, परिवारका सबै सदस्य, आफन्त  एवं शुभ- चिन्तकको अगाध माया र सहयोगले संभव बनाएको हुदा यहांहरुप्रति हार्दिक नमन गर्दै आवश्यक सुझावको सधै अपेक्षा गर्दछु ।       (Really Senior Police Officer’s Rtd. Life spends as Senior Citizen ? )

Leave a Reply