कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि यसरी गरियो व्यवस्था

0

काभ्रेको धुलिखेल अस्पतालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण मृत्यु भएकी महिलाको शव व्यबस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्समा सहितको टोलीले काठमाडौं लगिएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यबस्थापनका लागि उद्धार टोलीका अरुण सैँजू र राजेश गाईजूको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।

कोरोनाबाट निधन भएकी महिलाको शव बोक्न कुनै पनि शव बाहन तयार नभएपछि भक्तपुरबाट कोरोना संक्रमित बोक्न तयार पारेको एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार सुरक्षाकर्मी, एम्बुलेन्स चालक र कोरोना संक्रमित विरामीको उद्धार एवं उपचार तथा कोरोना संक्रमित मृतकको शव व्यबस्थापन गर्न नेपाली सेनाबाट तालिम प्राप्त दुईजनाको टिमसहितको टोली धुलिखेल गएको हो ।

धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजू र गाईजूले गर्नुहुने भएको छ ।

शवलाई एम्बुलेन्स भित्र शव राख्नका लागि विशेष प्रकारको प्लाष्टिकसहितले मोडेर बक्स बनाइएको र त्यही बक्समा शवलाई राखेर बक्स सिल गरेर राख्नको लागि तयारी अवस्थामा राखिएको छ ।

एम्बुलेन्समा शव राख्नु अघि संक्रमण बाहिर नजाने गरी विशेष प्रकारको प्लाष्टिकमा बेरेर राखिन्छ । आर्यघाटमा शव झिकेपछि बक्स भित्रको प्लाष्टिक समेत झिकेर व्यबस्थापन गरिने र एम्बुलेन्सलाई किटाणु निर्मलीकरण गरिनेछ ।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी सुत्केरी सावित्री तिमल्सिना (चालिसे) को गत बिहीबार राति मृत्यु भएपछि शनिबार दिउँसो आएको स्वाबको रिपोर्टमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । news24nepal.tv

Leave a Reply