म्याग्दीमा सञ्चालित बैक तथा बित्तीय संस्थाहरु अब समय तालिका अनुसार सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको सूचनामा लकडाउन अवधिभर समय तालिका अनुसार खोल्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कुँवरले बताउनुभयो ।

उहाँका अनुसार तोकिएको तालिक बाहिर वित्तिय संस्था खुलेको पाइएमा कारवाही गरिने बताउनुभयो । देशभर कोरोनाको संक्रमित बढ्दै जान थालेपछि सदरमुकाम बेनी तथा स्थानीय तहमा सञ्चालित वित्तिय संस्थाको कारोबारको आधारमा एक हप्तामा ३ दिनसम्म खोल्ने अनुमित दिइएको छ । सदरमुकाम बेनीमा वित्तिय संस्था एकैसाथसंचालन हुँदा भिडभाड साथै संक्रमणको जोखिम बढी भएको भन्दै समय तालिका अनुसार सञ्चालन गर्ने ब्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

छिमेकी जिल्लामा समेत तालिका अनुसार वित्तिय संस्था सञ्चालन भइरहेको छ । बजारमा सबै बैंकहरु एकै साथ खुल्ला हुँदा बजारमा भिड बढिरहेको थियो । लकडाउनको समयमा बजारमा भिड बढेपछि कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले समेत बजार क्षेत्रमा कडाई गरिएको छ । वित्तिय संस्थाले विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह गर्नेछन् ।

विज्ञापन