अमेरिकन आइडलको उपविजेता बने दिवेश

0

अमेरिकन आइडलको दावेदारको रुपमा हेरिएका नेपाली मुलका प्रतिस्पर्धी दिवेश पोखरेल उपविजेता बनेका छन् । प्रतियोगीताको सुरुवाती चरणबाटै उत्कृष्ट प्रस्तुती दिँदै जजहरुको मन जितेका दिवेश टप २ मै सिमित बनेका हुन् ।

फाइनलमा भोटिङ आधारमा निर्णय लिएको आइडलको विजेता भने जस्ट साम बनेकी छन् । सामाजिक संजालमा अन्य प्रतियोगीभन्दा धेरै फ्यान्स फलोअर र चर्चामा रहेका दिवेशलाई उपाधि दावेदारको रुपमा हेरिदै आएको थियो । तर उनलाई आइडल बन्न पर्याप्त भोट पुगेन । काठमाडौंमा जन्मीएका २१ बर्षीय दिवेश पढाइका सिलसिलामा परिवारसँगै बस्दै आएका छन् ।

Leave a Reply