घनले हानेर हत्या गरी शव गाड्ने ४ जना पक्राउ

0

घनले हानेर युवकको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१४ का २२ वर्षीय विमल रानाभाटलाई घनले हानी हत्या गरेर बारीमा गाडेको आरोपमा प्रहरीले शुक्रबार साँझ ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन् ।

ज्ञान बहादुरले करिब १ महिना अगाडि रानाभाटलाई घनले हानी हत्या गरेर आफ्नै घर पछाडि बारीको डिलमा गाडेको  प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरेर शनिबार बिहान उत्खनन् गरेर हेर्दा शव सडेको अवस्थामा फेला परेको बताइएको छ ।घटनाका विषयमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply