बागलुङ, ५ जेठ ।
बागलुङका एक युवाको अमेरिकामा निधन भएको छ ।
तीन वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका बागलुङ नगरपालिका–१ खत्री टोलका २५ बर्षीय आशिष केसीको आईतबार निधन भएको हो । उनी तीन वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा वस्दै आएका थिए ।
केसी शुक्रबार साथीहरुसँग पौडि खेल्न गएको बेला मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेरका थिए । उनलाई उद्धारकर्ताहरुले उद्धार गरि उपचारको लागि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा पु¥याएका थिए । केसीको उपचारको क्रममा आईतबार निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले साजिक सञ्जालमा मार्फत जनाएका हुन् ।
मृतक केसीको शव नेपाल ल्याउन वा त्यहि अन्तिम संस्कार गरिने बारेमा परिवार र अमेरिकाका नेपाली विच सल्लाह भइरहेको छ ।
केसी घरका एक मात्र छोरा हुन् । उनको घरमा हजुर आमा, बुबा, आमा, अंकल र एक बहिनी छन् ।