ट्राभल हिस्ट्री नभएका गुल्मीका शिक्षकलाई कोरोना पोजेटिभ

0

छिमेकी जिल्ला बागलुङको सिमाना जोडिएको गुल्मीका एक शिक्षकलाई कोरोना पोजेटिभ देखिएको छ ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएको बुझिएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

उनको अहिले पनि सोही अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।  ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको शाहले सेतोपाटीलाई जानकारी दिए।

‘उहाँको ट्राभल हिस्ट्री कतै बाहिर गएको पाइएको छैन, उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ’, शाहले भने।अस्पतालको आइसियूमा भर्ना भएको कारण उनको उपचार त्यहीँ हुन्छ वा अन्यत्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिए। सेतोपाटीबाट साभार 

Leave a Reply