तीन दिन अगाडि बेनी नगरपालिका-७ महारानी थान नजिकै मासु पसलमा एक ट्याक्टर डाईभरले टेलिकमको रिचाज कार्ड बिक्री गर्न पुगे । रिचाज कार्डको पोको बोकेर पुगेका चालकले मासु पसले गोविन्द फगामीलाई २ हजारको रिचाड कार्ड विक्री गरेपछि १ सयको कार्ड सित्तैमा दिए ।

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेकोले नगद २ हजारमा कार्ड किनेका फगामीले ग्राहकलाई बिक्री गर्दा ब्यालेन्स नै देखिएन् । दैनिकजसो आसापासबाट रिचाज खोज्न आएपछि विश्वासका आधारमा किनेका फगामीले बिक्री गरेको १ हजारको कार्ड कुनैपनि चलेपछि बेनीअनलाइनलाई सम्पर्क गरे ।

‘पिन नं अवैध भनेपछि धमाधम फिर्ता आउन थाल्यो,‘नक्कली रिचार्ड भएको शंका लागेपछि खवर गरे’ फगामीले भने । छिमेकी पसलबाट ल्याएको अर्को रिचाड जस्तै भएपनि खरिद गरेको कुनैपनि कार्डले काम नगरेको बताए । उनले घरधनी सिर्जना आचार्यलाई समेत विक्री गरेका थिए ।

कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने देखेर खरिद गरेको फगामीको भनाई छ । उनले मंगलाघाट बस्ने एक ट्याक्टर डाईभरबाट खरिद गरेका थिए । निर्माण साम्रागी बोक्न दैनिकजसो आउने भएकाले लकडाउनमा कतैबाट खरिद गरेर ल्याएको अनुमान गरी उनले किनेका थिए ।उक्त चालकसँग करिब ५० बजार बराबरको रिचाज रहेको अनुमान गरिएको छ।

आइतबार दिउँसो खरिद गरेको कार्ड मंगलबार विहानसम्म पनि प्रयोग नभएपछि फिर्ता गर्न खोज्दा सम्पर्क नभएको उनले बताए । रिचाड विक्री गर्ने जिवन नाम गरेका चालक अहिले सम्पर्कमा छैनन् । करिब १० दिन अगाडी बेनी न्यूरोडमा रहेको भिम एण्ड ब्रर्दसबाट खाद्यान्नसँगै नमस्ते मोवाईल पसलबाट मालिका गाउँपालिकाको रुम डाँडागाउँका एक ब्यवसायीलाई पठाइएको रिचाड बेनी–दरबाङ सडकमा हराएको थियो ।

कार्ड हराएलगत्तै ५० हजारको कार्डको पिन नम्बर टेलिकम म्याग्दीमार्फत प्रयोग गर्न नमिल्ने बनाइएकाले बिक्री गरेका कार्ड प्रयोग नहुने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए ।

‘अवैध रुपमा खरिद गरेका कार्डको प्रयोगकर्ताले नै फिर्ता गर्नुपर्छ,‘डिलरलाई आवश्यकता अनुसारको सहयोग गरेका छौ’ शाहले भने । उनले अपरिचित ब्यक्तिले विक्री गरेको वा बाटोमा भेटाएको कार्ड प्रयोग गर्न नहुने बताए । बेवारिसे अवस्थामा भेटिएका रिचाडलाई तत्काल टेलिकम वा प्रहरीमा उपलब्ध गराउन समेत उनले अनुरोध गरे ।