इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोना पुष्टि गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर ललितपुरको पाटनमा बस्दै आएकाे जानकारी दिइएकाे छ ।

कोरोना रेस्पोन्स टिममा संलग्न उहाँको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षण पोजेटिभ आएको हो ।करारमा रहेका चिकित्सक एक साता अघि कन्ट्रयाक्ट ट्रेसिङको लागि कपिलवस्तुमा जाने क्रममा संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।   मंगलबार २७ जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा चिकित्सकलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो।