epa08418561 Chinese Foreign Ministry spokesman Zhao Lijian speaks during a daily media briefing in Beijing, China, 13 May 2020. EPA-EFE/WU HONG
चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’भएको बताएको छ । ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने ।

 

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो ।