लकडाउनमा नै म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ दाना फगामका किसानले सुन्तला र कागतीको विरुवा बेचेर लाखौ आम्दानी गरेका छन् । फगामका अधिकांश घरले आफ्नो बारीमा नर्सरी स्थापना गरेर बार्षिक लाखौ आम्दानी गर्दै आएका हुन्।

करिब ७० घरदुरी रहेको फगाममा सुन्तला र कागति राम्रो हुने भएकाले कसानले विरुवा बेचेर नै मनग्य आम्दानी गर्न सफल भएको बताएका छन् । फगामकी दिलमाया पुनले सुन्तला र कागतिको विरुवा बेचेर नै लाखौ आम्दानी गरेकी छन् ।

उनको श्रीमान करिब दुई दशक देखी वैदेशीक रोजगारिका लागि खाडी मुलुक गएका छन् । उनकोे राम्रो कमाई नहुने र भएपनीआफ्नै उपचारमा खर्च हुने भएपछी पुनले श्रीमानको आम्दानीको बैकल्पीक आम्दानीका लागी सुरु गरेको नर्सरीबाट अहिले बार्षीक ३ देखी ४ लाख आम्दानी गरेको बताईन ।

उनले प्रगतिशिल मल्टी एग्रो तथा फलफुल नर्सरी सञ्चाल गरेको नर्सरीमा कागती र सुन्तलाका १५ हजार बढी विरुवा छन् ।‘मैले यही बिरुवा बेचेर घरको खर्च र छोरा छोरीको पठाई खर्च पु¥याएको छु, श्रीमानको विदेशमा राम्रो कमाई छैन।’उनले भनिन्, ‘दुई दशक हुन लाग्यो उहाँ विदेश गएको तर बिरामी भएर आफुले कमाएको पैसा आफैलाई उपचार गर्न ठिकै भएको छ, मैले यहाँ विरुवा बेचरे घर चलाएको छु’ ।

त्यस्तै फगामका किसानले उप्पादन गरेको विरुवा र तरकारी लिनका लागि ग्राहकहरु गाउँमा नै पुग्ने गरका छन् । उनीहरुले नर्सरी र तरकारी खेतीबाट लाखौ आम्दानी गरेका छन् । नर्सरी र तरकारी बेचेर नै छोरा छोरीको पढाई खर्च सहित ठाउँ ठाउँमा घर घडेरी समेत जोडेका छन् । आफ्नै खेतीयोग्य जमिन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका बिरुवा बिक्रीबाट बार्षिक १० लाख सम्म कामाउने गरेको जोग बहादुर विकको भनाई छ ।

‘यही विरुवा बेचेर मैले पोखरा, चितवन, काठमाडौँमा घर घडेरी जोडेको छु’ उनले भने तिन दशक भन्दा बढी भयो तरकारी र विरुवाको खेती गर्न थालेको यसले राम्रो भएको छ ।‘एउटा छोरीले कृर्षी कार्यालयमा जागिर गर्छे, छोरोले विज्ञान विषय लिए पठ्दै छ, काठमाडौँमा सबै खर्च यही विरुवा र तरकारी बेचेर कमाएको हुँ’ उनका अनुसार यो पेशामा राम्रो कामई भएपछी आफु विदेश नगएको हुन् ।

गाउँपालिका भित्र व्यवसायीक कृषी पेशा गर्ने किसानका लागि गाँपालिकाले अनुदानको व्यवस्था गर्ने र बजारी करणका लागि सहजिकरण गर्न सहयोग गर्ने गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक बर्षमा गाउँपालिकाले पकेट क्षेत्र विभाजन गरि किसानलाई राहतको प्याकेज बनाउने गाउँपालिका उपाध्यक्ष केश माया पुनले बताईन ।