रोगजारीका लागि भारत गएका एक नेपाली युवामा कोरोना पोजेटिभ देखिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय शहर आदापुरको क्वारेन्टाइनमा रहेका बारा जिल्ला पचरौता नगरपालिका १ का ३० वर्षीय युवकको क्वारेन्टाइनमै कोरोना परिक्षण गरिएको जानकारी पाएको बारा प्रहरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

उनी दुई दिन अघि मात्र नेपाल आई नेपाली क्वारेन्टाइनमा रहेका थिए । भारतमा गरिएको परिक्षणको नतिजा आज प्राप्त हुनासाथ भारतीय प्रहरीले सीमामा रहेको सिम्रनगढ प्रहरी चौकीलाई उक्त युवामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो ।अहिले ती युवालाई कलैया अस्पतालमा ल्याई थप परीक्षण गरिने र सोही अस्पतालको आइसोलेसनमा राखिने समेत उपरीक्षक पंगेनीले बताए ।

विज्ञापन