यसअघि बसेको मन्त्रिपरिषद बैठकमा विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने विषयमा छलफल उठेको थियो । आजको बैठकमा पनि सोही विषयमा केन्द्रित हुने सम्भावना छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमण बढ्दो र लकडाउनका कारण नागरिकमा परेको असरलाई हल गर्न लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ ।