र्‍यापिड परीक्षणमा कञ्चनपुरको पुनर्वासमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार डोके बजारमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा पुनर्वास- ५ का एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

आरडिटी टेष्ट गर्दा १२ जनाको नतिजा पोजेटिभ देखिएकाे थियाे त्यसमध्ये एकजना पुनर्वास- ५ को भएको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।

बिहीबार मात्रै गौरिफन्टा नाकाबाट भित्रिएका एक हजार नौ सय पैतीस जनामध्ये पहाडी जिल्ला र पुनर्वास नगरपालिकाका व्यक्तिहरुमा परीक्षण गरिएको र बाँकीलाई सम्बन्धित स्थानीय तहलाई टेस्ट गर्न जिम्मा लगाइएको बताइएको छ ।

आरडिटिमा पोजेटिभ देखिएका व्यक्तिहरुलाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा राखिएको छ । आरडीटी पोजेटिभ देखिएका पुनर्वास- ५ का पुरुष भारतको दिल्लीबाट बसको यात्रा गरी गौरीफन्टा नाका हुँदै डोकेबजार आइपुगेका थिए ।

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएकामध्ये कञ्चनपुरका मात्रै १३८ जना थिए । त्यसमा पनि पुनर्वास नगरपालिकाका ३३ जना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

पुनर्वासमा आएका ३३ जनामध्ये १४ जना वडा नम्बर–१० को क्वारेन्टाइनमा, ५ जना वडानम्बर–११ को क्वारेन्टाइनमा र बाँकी १४ जना पुनर्वास–६ को जीवनज्योति क्वारेन्टाइनमा राखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले जानकारी दिए ।

त्यसैगरी आज शुक्रबार पनि गौरीफन्टा नाकामा नेपालीहरु सयौँको संख्यामा आउने क्रम जारी रहेको र पर्सिसम्म आउने क्रम जारी रहने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले बता