नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा सक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।