बेनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा खोजी गर्ने भएको छ । सार्वजनिक जग्गा व्यक्ति र संस्थाले हडपेको अवस्थामा पहिचान गरी आवश्यक प्रक्रिया पुरा गरी जमीन सार्वजनिक प्रयोजनमा फिर्ता ल्याउन वडा कार्यालयहरूलाई सक्रिय बनाउने जनाइएको छ ।

सार्वजनिक जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि नगरपालिकाको अनुमति बाहेक आफुँखुसी प्रयोग गरेका संरचनालाई हटाएरै छाड्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बेनीअनलाइनलाई बताए ।

बेनीबजारभित्र सार्वजनिक जग्गा अतिक्रमणको गुनासो आउन थालेको स्वीकार गदैं वडा कार्यालयमार्फत अतिक्रमित जग्गाको पहिचान तथा लगत संकलन गरी अल्टिमेटम दिएर फिर्ता ल्याउने सुबेदीको भनाई छ । ‘सार्वजनिक जग्गा आफुँखुसी प्रयोग गर्न पाइदैन्,‘यो विषय गम्भीर रुपमै अगाडी बढ्छ’ सुुबेदीले भने ।

नगरपालिकालाई सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियानमा जनप्रतिनिधिको साथ हुने भएकाले आम समुदायले समेत सहयोग गर्नुपर्ने सुबेदीको भनाई छ। सार्वजनिक जग्गाको विषयमा बेनीअनलाइनसँग छोटो कुराकानी गदैं प्रमुख प्रशासकीय अधिकृत सुबेदीले नगरपालिकामा प्राविधिक रहेकाले नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गरिने बताए ।

साँधुरो बेनीबजारमा नगरपालिकाले समेत सम्भावित बजार विस्तारलाई प्राथमिकता दिएर भाडामा लगाउने संरचनालाई समेत थव कडाई गर्ने सुबेदीको भनाई छ ।अतिक्रमण हटाउन र त्यसलाई उपयोग गर्ने योजना बनाउनेसम्मको तयारीमा ढिलाई गर्न नहुने बताए।‘नगरको सुन्दरतालाई जोगाउन सबैले सहयोग गर्नुपर्छ,‘अतिक्रमण हटाएर फिर्ता ल्याइने सार्वजनिक जग्गालाई खुल्ला स्थानका रुपमा राख्ने योजना छ’सुबेदीले भने।

स्थानीय तहको निर्वाचन अगाडी समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी समेत सम्हालेका सुबेदीले न्यूरोडमा अब्यवस्थित संरचनालाई जोखिम मोलेरै ब्यवस्थापन गरेका थिए ।

उनले सार्वजनिक सम्पत्तीको संरक्षण गर्ने जिम्मेबारी समुदायको भएकाले सार्वजनिक जग्गा अतिक्रमित भएका स्थानको बारेमा आफूँलाई समेत जानकारी दिन अपिल गरेका छन् । अतिक्रमण हटाएर सार्वजनिक जग्गामा नगरपालिका नगरको आवश्यकता अनुसारको संरचना भने बनाउन पाउने सुबेदीको भनाई छ ।‘तपाईलाई अर्कोपटक अतिक्रमणमुक्त बनाउने मिति नै तोकेर दिन्छु,‘कोरोनाको कहरमा हामीले आन्तरिक तयारी गछौं’ उनले भने ।

नगरपालिकाको स्वामित्वमा रहेका संरचना प्रयोग गरेर समेत भाडा नतिर्नेहरूलाई समेत हटाउने चेतावनी उनले दिए।सार्वजनिक जग्गाको पहिचानमा आवश्यक परेमा समिति नै बनाएर समेत काम गर्न सकिने नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

वडा कार्यालयहरुलाई आफ्नो क्षेत्रभित्रका सबै सार्वजनिक जग्गामा विवरण संलकन गर्न सक्ने प्रष्ट प्रावधान रहेको छ। बेनी नगरमा १० वडा छन्। सदरमुकाम बेनीमा ७ र ८ वडा छन् । सदरमुकाम बाहेकका वडामा समेत सामुदायिक बनको स्वामित्व र सार्वजनिक जग्गा हडपेको गुनासो आउने गरेको छ । बेनी नगरभित्र सार्वजनिक जग्गा अतिक्रमण भएको अनुमानित तथ्याङ्क समेत छैन् । सार्वजिक जग्गा हडपेर प्रयोग गरेको प्रमाणित भएमा तोकिएको जरिवाना तिनुपर्ने कानुनी ब्यवस्था रहेको छ ।

सामाजिक सञ्जालमा झटारो
सार्वजनिक जग्गा कब्जा गरेको विषयले केहीदिन यता निकै चर्चा पाईरहेको छ । बेनीबजारको प्रवेशद्धार कालिपुलदेखि बजारभित्र सडक मापदण्ड मिचेर संरचना बनाएको विषयले केहीदिन यता निकै चर्चा पाइरहेको छ । कोरोना भाइरसको त्रासका बिच सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने भन्दै झटारो हान्ने प्रसस्त भेटिएका छन् । सामाजिक सञ्जालमा यस्ता विषयले निकै चर्चा पाएको हो । सार्वजनिक जग्गामा ब्यक्तिगत र सामुहिक संरचना बनाइरहेको विषयमा करिब एकदर्जनले लगातार दवाव दिइरहेको देखिन्छ । सामाजिक सञ्जालमा स्वदेश तथा विदेशमा रहेकाले सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रिमित जग्गाबाट संरचना हटाउनुपर्नेमा आवाज उठाइरहेका छन् ।

‘पहुँचमा सार्वजनिक जग्गा प्रयोग गर्न पाइदैन्,‘जनदवावबाटै हामीले जग्गाहरुको प्रयोगकर्ताको सूची नै तयार गछौं’ अभियानमा लागेका एक यूवाले भने । उनले जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका र मालपोत कार्यालयले अभियानमा साथ दिनुपर्नेमा जोड दिए । सामाजिक सञ्जालमा केहीदिन यता देखिएका सन्देशहरूमा बेनीबजार भित्र नै केन्द्रित गरिएको छ ।

Rtn Hariprasad Paudel

26 July 2019

बेनी नगरमा सार्वजनिक जग्गा मिचिएका कुराहरु चर्कैगरी उठ्ने गरेको छ, सर्वप्रथम बेनीबजारको मंगलाघाट देखी कालिपुल सम्म सार्बजनिक पाखाहरु संग जोडिएर वने/बनाईएका घरहरुको जग्गा निर्क्यौल गरी मिचिएका जग्गा फिर्ता गराई सुरु गर्नुपर्छ ।

विज्ञापन