थप १९ जनामा कोरोना संक्रमण भएको छ।  आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं, कपिलवस्तु, गुल्मी र नुवाकोटकामा नयाँ विरामी भेटिएका हुन्। यो सँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ। जसमा ५२४ जना पुरुष र ७९ जना महिला छन्।

अहिलेसम्म ४२ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताइ। नुवाकोट  कोरोना देखिएको नयाँ जिल्ला हो।आज नै नारायणी प्रदेशिक अस्पतालबाट ७ जना व्यक्ति कोरोना मुक्त भएर भएका छन्। अहिलेसम्म जम्मा ८७ जना कोरोना निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ।