पूर्वराजाको तस्बिर अंकित भएको नोट प्रयोगमा चलनचल्तीमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउनको लागि निर्देशन दिएको हो ।

पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटकोरुपमा वर्गिकरण गर्न निर्देशन दिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देश्क विश्रुत थापाले बताए । आफूसँग भएका राजाको तस्बिर अंकित नोट जम्मा गरे त्यसवापत् राष्ट्र बैंकले चलनचल्तीलाई स्वीकृत गरेका नोट दिने उनले बताए ।