टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले र ज्योतिष भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखा नगरपालिकाका हुन् ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । एक जना किराना पसले र एक जना ज्योतिष भएको खबर आएको छ । ’ उपमेयर ज्ञानमाया डंगोलले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’आज संक्रमण पुष्टि भएकाहरु ३ वडाका २७ वर्षीय पुरुष ज्योतिष पेशा गर्ने सुर्य दर्शन हाईत (धमलतारको तल) र ६ वडाका ४१ वर्षीय पुरुष किराना पसले बिष्णुमतिपुल आसपास बस्ने बुझिएको छ ।

गत जेठ ७ गते टोखा चण्डेश्वरी स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर परीक्षणका लागि उनीहरुको थ्रोत स्वाब संकल्न गरिएको थियो ।टोखा ६ बिष्णुमती पुल आसपासमाका ४१ वर्षीय किराना पसल सञ्चालकको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिए पछि पीसीआरका लागि स्वाब संकलन गरिएको थियो ।

त्यस्तै टोखा ३ सुर्य दर्शन हाईत (धमलतारको तल) निवासी २७ वर्षीया ज्योतिष भनिएका ब्यक्तिको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो ।कोरोना भाइरस संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेशनमा पठाउने तयारी भइरहेको र उनीहरुको ट्राभल हिस्ट्री ट्राकिङ्ग गर्ने कार्यमा नगरपालिका लागि परेको उप्रमुखले बताए ।

सबैको रिपोर्ट आइसकेको छैन्

टोखा नगरपालिकाले कोरोना संक्रमितहरुको पहिचानका लागि तरकारी, औषधि किरा पसल सञ्चान गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको मध्य हालसम्म १९३ जनाको मात्र रिपोर्ट आइसकेको र बाँकी रिपोर्ट आउने क्रम जारी रहेको टोखा स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताए ।रिपोर्ट अनुसार २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए ।

विज्ञापन