भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीया युवतीलाई ५ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरी बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक प्रलोभन देखाई ललाई फकाई आफ्नो डेरामा लगि जवरजस्ती करणी गरेका थिए ।

रोहित गिरीले बेलुका युवतीलाई बाहिर जान नदिई अन्य चार जना साथीहरु कोठामा बोलाई पालैपालो रातभरी जबजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

२०७७ जेठ ०९ गते पीडित युवतीले महानगरीय प्रहरी वृत थिमिमा जानकारी गराए पछि पीडितले दिएको हुलिया र बिवरणका आधारमा बलात्कारीमा संलग्न काभ्रेपलाञ्चोक तेमाल गाउँ स्थायी घर भई हाल पुरानो थिमि बस्ने २९ बर्षीय कवाङ लामालाई लुकीछुपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । रोहित गिरी लगायत अन्य चार जनाका अभियुक्तको खाजीे कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन