कोरोना संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेजमा ती वृद्धको मृत्यु भएको थियो ।  स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आइसियुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो । Source: Ratopati

 

विज्ञापन