चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृ’त्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घ’टनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आ’क्रमणमा परी घा’इते भएका छन् ।

मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आ’क्रमण गरेका हुन् । आक्रमणबाट जो’गिन भेरीमा हा’म फालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित एक दर्जनलाई पक्राउ गरेको छ ।