जनकपुरधाम, १४ जेठ । खाना नपाएर एकजना नेपालीकाे नेपाल-भारत सीमास्थित जटही नाकामा मृत्यु भएको छ ।  धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको भाेकभाेकै मृत्यु भएकाे हाे । साे घटनापछि नाकामा रहेका नेपालीहरू प्रदर्शन र नाराबाजी गर्दै जनकपुरधामतर्फ आइरहेका छन् ।                                                            भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा-मुरहीकाे भर जीवन धानेकाे र जटही नाकामा आइसकेपछि पनि राति नेपाल छिर्न नदिएपछि ती व्यक्तिकाे भोकभाेकै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक यादव अहमदावादमा एक होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । तर लकडाउनपछि उनी बेराेजगार भएका थिए । source: news24nepal.Tv