कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा ६१ वर्षीय पूर्व गोर्खा सैनिक जितेन्द्र राईको निधन भएको छ ।उनी बेलायती सेनाका सेभन जीआरका अवकाश प्राप्त व्यक्ति हुन् । लामो समयअघिबाट कोरोनाको उपचार गराइरहेका उनको मंगलबार निधन भएको हो ।

नेपालको खोटाङमा जन्मिएका उनी अहिले तीन छोरासहित बेलायतको ग्रेजमा बस्दै आएका थिए । तर उनका श्रीमति भने नेपालमै रहेकी छन् । उनलाई एक महिनाअघि नै कोरोना संक्रमण भएको थियो । र उनलाई ३ हप्तसम्म आइसोलेशनमा राखिएपनि निको नभएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा एसेक्सको बासिल्डन अस्पतालमा ज्यान गएको हो । बेलायतमा अहिलेसम्म ६६ जना भन्दाबढी गोर्खा सैनिक तथा उनका परिवारका सदस्यहरुको ज्यान गइसकेको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।