दुई दिनको अन्तरमा स्याङ्जामा पाँच कोरोना संक्रमित भेटिएका छन् । मंगलबार दुई र बिहीबार तीन गरी स्याङ्जामा भेटिएका एक जनाबाहेक सबै कोरोना संक्रमितहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।

बिहीबार संक्रमण भेटिएकी एक महिलालाई पोखरा ल्याएर पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण भेटिएपछि सामाजिक विकासमन्त्री नरदेवी पुनमगर सहितको टोलीले बिहीबार स्याङ्जा अस्पतालको निरीक्षण गरेको छ ।

उनले संक्रमितको अवस्था बुझ्‍न र क्‍वारेन्टाइन तथा आइसोलेसन कक्षको निरीक्षण गरेको मन्त्रीका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिए ।‘‘मन्त्री पुनले संक्रमितसँग कुरा गर्नुभयो, उहाँहरुको अवस्था बुझ्नुभएको छ, मनोबल दिनुभएको छ’’, पौडेलले भने ।मन्त्री पुनसहित जनस्वास्थ्य निर्देशनालयका अधिकारी, सांसद, योजना आयोगका पदाधिकारी समेत निरीक्षणमा गएका थिए । Source: baahrakhari.com