-चन्द्रमणी सापकोटा

१. सामान्य प्रशासन मन्त्रालय तुरुन्तै खारेज गरि विषयगत मन्त्रालयले नै आ-आफ्नो कर्मचारी ब्यबस्थापन गर्ने अधिकार देउ ।

२. सम्माननिय र माननियहरुको त कुरै छोडौ कर्मचारिले समेत डेढ-दुई करोडको गाडी चढ्ने होडबाजी बढिरहेकाले यसलाई ऐन बनाएर तुरुन्तै रोकिदेउ । साधारण गाडी चढ्नु पर्ने बाध्यकारी कानून बनाई देउ ।

३. कुनैपनी सरकारी निकायमा (भिआईपि/भिभिआईपी बाहेक) कम्प्युटर अपरेटर, ड्राईभर र कार्यालय सहयोगी राख्ने प्राबधान तुरुन्तै हटाईदेउ । लोकसेवाबाटै कम्प्युटर, गाडी आफै चलाउन सक्ने र आफ्नो कोठा आफै सफा गर्ने सीप, ज्ञान र प्रबृत्ति भएका कर्मचारी माग ।

४. सबै सेवा समूहका कर्मचारिलाई समान सेवा सुबिधाको ब्यबस्था गर । बिभेदको अन्त्य गरिदेउ ।

५. सम्माननियको स्वकिय सचिवालयमा ३-५ जना, सङ्घिय मन्त्रीको स्वकिय सचिवालयमा १-२ जना, प्रदेश मन्त्रीको स्वकिय सचिवालयमा १ जना मात्रै कर्मचारी राख्न पाउने गराउ । अन्य कसैले पनि स्वकिय कर्मचारी राख्न नपाउने ब्यबस्था गर।

६. हरेक सरकारी निकाय तथा कार्यालयहरुको बैज्ञानिक O & M गरि वास्तविक कर्मचारी सन्ख्या मात्रै राखिदेउ ।

७. एकै प्रकृतिका काम गर्ने फरक-फरक कार्यालयलाई तुरुन्तै एकीकृत गरि एउटै निकायमा रहने ब्यबस्था गरिदेउ ।

८. अनाबश्यक प्रकृतिका सस्थान, प्रतिष्ठान, समिती, बोर्ड, तथा यस्तै प्रकृतिका सस्थाहरु तुरुन्तै हटाइदेउ ।

९. कार्यालयमा त्यही काम गर्न जागिर खाएका कर्मचारी हुदाहुदै पनि कन्सल्ट्यान्ट हायर गरि काम गराउने सरकारी प्रचलनलाई तुरुन्तै प्रतिबन्ध लगाईदेउ ।

१०. नेपालको सरकारी निकायका प्रमूखहरुमा बिषयगत ज्ञान, सीप भन्दा ब्यबस्थापकिय ज्ञान, सिपको टट्कारो अभाव देखिएको छ । त्यसैले हरेक अधिकृतलाई ब्यबस्थापकिय अध्ययन (MBA) अनिवार्य गराईदेउ ।

११. कर्मचारिको विध्यमान कार्य सम्पादन मूल्यान्कन (का.स.मू.) तरिका गलत छ । यसले कर्मचारिलाई चाकरी र अनाबश्यक लेनदेन गर्न बाध्य बनाएको छ । त्यसैले यसलाई तुरुन्तै खारेज गरि कार्य प्रगतिमा आधारित वस्तुगत र वैज्ञानिक का.स.मू. तुरुन्तै लागू गरिदेउ ।

यति मात्रै गर्न सकियोभने पनि नेपालमा अरब होईन, खरबको हिसाबले खर्च कटौती हुनेछ । यो बचतलाई बिकासमा लगाएर देशलाई छिट्टै समृद्धिपथमा लम्काउन सकिने छ ।

सापकाेटानिजामती कर्मचारिहरुको आधिकारिक ट्रेड यूनियन म्याग्दिका अध्यक्ष हुन्।

विज्ञापन