कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गरी दग्नाम बैदेशिक सहयोग समिति बहराइनले जन्मगाउँमा ४३ हजार बराबरको स्वास्थ्य साम्रागी सहयोग गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नामबाट रोजगारको सिलसिलामा बहराइनमा पुगेका दग्नामबासी आफ्नो वडाभित्र कोरोनासँग जुध्न आवश्यक उपकरण सहयोग गरेका हुन् ।

एक कार्यक्रम गरी स्वास्थ्य चौकीलाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) २ थान, पिपिई २ सेट, एन ९५ मास्क १० र स्यानेटाइजर ५ लिटर, मेडिकल पञ्जा दुई प्याकेट र सर्जिकल मास्क २ सय थान वडा अध्यक्ष रुक बहादुर गर्बुजामार्फत अनमी सुकमति गर्बुजालई हस्तान्तरढा गरेको स्थानीय यूवा मोहन तिलिजाले बताउनुभयो ।

समितिले पठाएको सहयोग अन्तरगत साम्रागी खरिदमा चन्द्रकुमार केसीले सहयोग गर्नुभएको समितिका अध्यक्ष बवि गर्बुजाले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गबूर्जाले प्रवासमा रहेका दग्नामबासीले गाउँमा शिक्षा, स्वास्थ्य लगायत विभिन्न योजनामा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

दग्नाम बैदेशिक सहयोग समितिले विकास निमार्ण, शिक्षा, स्वास्थ्यका साथै आर्थिक अभावका कारण उपचारमा बन्चित भएकालाई समेत निरन्तर सहयोग जुटाउने गरेको छ ।

विज्ञापन