दक्षिण–पूर्वी एशियाली मुलुक ब्रुनाईमा रहेका नेपालीले करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखकी कृशिखा विकको उपचार र शिक्षादिक्षाका लागि ५० हजार आर्थिक सहयोग गरेको छ ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते अवस्थामा किर्तीपुर हस्पिटलबाट डिस्चार्ड भएकी बालिकको नाममा ५० हजार सहयोग पठाइएको रत्न पुनको पहलमा उक्त सहयोग पठाइएको नारायण पुनले जानकारी दिनुभयो ।

दुबै हात गुमेपछि चिन्तित बालिकाको परिवारलाई  सान्त्वना सहित उक्त रकम हस्तान्तरण गरिएको थियो । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र भविस्यमा शिक्षादिक्षामा समस्या हुन नदिन सहयोग गरिएको बताइएको छ ।

उक्त सहयोग जिआयूमा कार्यरत नेपालीबाट संकलन गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले छोरीको उपचार र शिक्षादिक्षामा सहज भएको कृशिकाकी आमा शुसिलाले बताउनुभयो ।