गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ हो ।

कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

विज्ञापन