संघीय सरकारले म्याग्दीलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।  म्याग्दीको बेनी नगरपालिका र ५ गाउँपालिकालाई बजेट  विनियोजन गरिएको हो ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि म्याग्दी जिल्लाका स्थानिय तहहरुलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर १ अब ७७ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजित गर्नुभएको छ ।

म्याग्दीमा एक मात्रै बेनी नगरपालिकाले ४२ करोड ५८ लाख विनियोजन भएको छ भने गाउँपालिकामा सबैभन्दा धेरै मंगला गाउँपालिका २९ करोड ४१ लाख र सबैभन्दा कम धवलागिरी गाउँपालिका २४ करोड ४२ लाख रहेको छ ।

म्याग्दीका स्थानीय तहले हरेक बर्षको बजेटमा प्राथमिकता र आवश्यकता अनुसार बजेट प्राप्त गर्न सकेका छैनन् । विकट मानिएका धवलागिरीको बजेट निकै न्यून छ भने नगरपालिकाको बजेट समेत अपेक्षा गरे अनुसारको छैन् । बजेटका बारेमा स्थानीय तहका प्रमुखले प्रतिक्रिया दिएका छैनन् ।

यस्तो छ म्याग्दीको ०७७/०७८ को वजेट:
वेनी नगरपालिका- ४२ करोड ५८ लाख
अन्नपुर्ण गाँउपालिका- २७ करोड ८५ लाख
रघुगंगा गाँउपालिका-२६ करोड ८५ लाख
मंगला गाँउपालिका-२९ करोड ४१ लाख
मालिका गाँउपालिका-२६ करोड २८ लाख
धौलागिरी गाँउपालिका-२४ करोड ४२ लाख

विज्ञापन