जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ ।एक साताअघि भारतको दिल्लीबाट आएकी बुढीगंगा नगरपालिका-१ की ती बालिकाको आइतबार बिहान मृत्यु भएको हो।

बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’