धवलागिरी गाउँपालिका–६ मराङमा घोरेटो बाटो निर्माणकार्य सुरू भएको छ । मराङको राम्चेदेखि ठलाधुरी सम्म पुग्न घोडेटो बाटो निर्माण कार्य सुरु गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत घोरेटो बाटो निर्माणमा ३० जना परिचालन गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सामाजिक दुरी कायम गदैं १३ दिनमा सक्ने गरी काम भइरहेको श्रीप्रसाद गर्बुजाले बताउनुभयो । उक्त योजनामा ३ लाख बजेट विनियोजन भएको छ ।
हलल चौरबाट धवलागिरि, माछापुच्छ्रे, गुर्जा हिमाल लगायत विभिन्न हिमश्रंखलाहरु देखिन्छ । धवलागिरि गाउपालिकाको अधिकांश बस्ती, मालिका, रघुगंगा गाउपालिकाको केही बस्तीसंगै अन्य रमणीय वातावरण देखिने हुदा हलल चौरलाई पर्यतकिय क्षेत्रको रुपमा विकास गर्न लागेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार स्थानमा भ्यु टावर, वनभोज स्थल निर्माणसंगै अन्य पुर्वाधारहरुको विकास गर्ने योजना रहेको छ। पर्यटकीय गन्तब्य बनाउन आवतजावतमा समेत समस्या भइरहेको अवस्थामा घोरेटोबाटोले सहज हुने स्थानीयको भनाई छ । घोरेटो बाटोमा स्थानीयले जनश्रमदान समेत गरेका छन् ।