गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या संख्या ३७ पुगेको छ्र । प्रदेशभित्रका दुई जिल्लामा मंगलबार बिहान १० जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलोपटक ५ जनामा संक्रमण देखिएको छ भने स्याङ्जामा ५ जना थपिएका हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा कोरोना भेटिएको छ ।

बिरुवा गाउँपालिका घर भएका र बिरुवामै क्वारेन्टाइनमा रहेका २० वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ्रपर्वतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।